☰ open Loading... 18 October 2024|  

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते
पश्चिम नेपाल   | १८ चैत्र २०८०, आईतवार ११:२३

दैलेखमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। महाबु गाउँपालिका वडा २ मा शनिवार बिहान साडे ९ बजेतिर कर्णाली प्रदेश बा १ झ ००३२ नम्बर को जिप दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।

घाइते हुनेहरुको पहिचान नखुलेको र प्रहरी टोली घटना स्थलतर्फ गएको दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले बताए।

घाइतेहरुलाई दैलेख अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मगराठीले जानकारी दिए।