☰ open Loading... 7 September 2024|  

सेवाको गुणस्तरमा सुधार गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेख
पश्चिम नेपाल   | २० चैत्र २०८०, मंगलवार ०५:५८

                                            तस्बीर -अमर सुनार

दैलेख- स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा: धर्मराज रेग्मीले  कार्यालयले सेवाको गुणस्तरमा सुधार गर्दै गएको बताएका छन् ।कार्यालयले दैलेखमा आयोजना गरेको सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समयमा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिएको बताएका हुन् । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्लामा सेवाग्राही बढ्न थालेको समेत उनले बताए ।

स्वास्थ्य सेवाका तथ्यांक अनलाइन प्रणालीमा लिइएको, गर्भवती तथा सुत्केरीहरुको मातृ तथा शिशु स्याहार प्रभावकारी बनाइएको, खोप तथा सामुदायिक स्वास्थ्य सेवाहरु महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरी सुव्यवस्थित बनाइएको, बिरामीहरुको उपचारमा तत्परता जस्ता स्वास्थ्य सेवालाई गुणस्तरीयता बनाउदै लगिएको उनले जाकारी दिए ।

पछिल्लो समयमा कार्यालयमा भनेजस्तो कार्यक्रम नहुँदा स्वास्थ्य सेवाको गुणस्तर पनि खस्केको बताए। उनले पहिले भन्दा अहिले सेवा सुविधा सुधार भएको जानकारी दिए।अस्पतालमा थुप्रै समस्या भएको तर सम्बन्धित निकायले ध्यान नदिएको उनले गुनासो गरे ।स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा सबैको सहयोगको आवश्यक भएको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवामा देखिएका समस्याहरुका विषयमा पत्रकारहरुले सुझाव दिएका थिए ।