☰ open Loading... 28 September 2025|  

थप २ निर्माण व्यवसायी कालो सूचीमा
पश्चिम नेपाल   | २० चैत्र २०८०, मंगलवार ०८:०७

सार्वजनिक खरिद अनुगमन कार्यालयले थप २ निर्माण व्यवसायी/आफूर्तिकर्तालाई कालो सूचीमा राखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको यहि चैत १९ गतेको निर्णय अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजदेखि नै लागू हुनेगरी श्री जुगल बिल्डर्स कम्पनी प्रा.ली. काठमाडौँका नरेश प्रसाद ओझा र श्री जे.एम.बी.डि.इन्टरनेशनल, चावहिलका कान्ति देवी मिश्रलाई कालो सूचीमा राखेको हो।