☰ open Loading... 24 February 2025|  

सुनकाे मूल्यमा नयाँ कीर्तिमान
पश्चिम नेपाल   | २५ चैत्र २०८०, आईतवार १२:३७

स्थानीय बजारमा पहेंलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार छ सय कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला दुई हजार नौ सयले बढेको छ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ। महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय ७० निर्धारण भएको छ। शुक्रबार चाँदीको मूल्य एक हजार छ सय १५ मा कारोबार भएको थियो।