☰ open Loading... 26 February 2025|  

भेटियो साढे ६ किलोको ‘किङ कोब्रा’
पश्चिम नेपाल   | २८ चैत्र २०८०, बुधबार २१:१९

गुल्मीको सत्यावतीमा साढे ६ किलोको दुर्लभ किङ कोब्रा प्रजातिको सर्प भेटिएको छ।

सत्यवती गाउँपालिका ६ जोहाङस्थित पुष्पा श्रेष्ठको किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो।

लगभग ३ मिटर लम्बाई भएको सर्पको वजन ६ किलो ७१५ ग्राम रहेको कालीगण्डकी चन्द्रकोट सब डिभिजन वन कार्यालयमा कार्यरत वन रक्षक नारायण थारुले जानकारी दिए।

पसलभित्र रहेको किङ कोब्रालाई स्थानीय जनप्रतिनिधि, डिभिजन वन कार्यालय गुल्मीका कर्मचारी, प्रहरी तथा स्थानीय नागरिकको उपस्थितिमा पाल्पाको तानसेन नगरपालिकाका सर्प उद्धारकर्ता सागर पाण्डेले सकुशल उद्धार गरेका थिए।

मंगलबार साँझ परेकाले बुधबार दिउँसो सुरक्षित स्थान हेरेर सर्पलाई छाड्ने बन कार्यालयको तयारी छ। गर्मीयामको समयमा आगलागीको घटना बढिरहेकाले सुरक्षित रहनको लागि सर्प घरमा पसेको हुनसक्ने बन रक्षक थारुले बताए।