☰ open Loading... 25 February 2025|  

डुबेर २ जनाको मृत्यु
पश्चिम नेपाल   | २९ चैत्र २०८०, बिहीबार १२:२४

दूधकोशी नदीमा डुबेर २ जनाको मृत्यु भएको छ। भोजपुर जिल्लाको आमचौक गाउँपालिका–१० स्थित दूधकोसी नदीमा बुधवार पौडी खेल्ने क्रममा २ जनाको डुबेर मृत्यु भएको प्रहरील जनाएको छ।

भोजपुरका प्रहरी निरिक्षक विशाल लिम्बूका अनुसार बुधवार दिउँसो करिब १ बजेतिर दूधकोशी नदीमा पौडी खेल्ने क्रममा आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको डुबेर मृत्यु भएको हो।

दर्जी ट्याक्सी चालक तथा राई सहचालक रहेको पनि उलने बताए।

दुई जना डुबेको खबर आएपछि ईलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो।

हाल दुवै जनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि उनले बताए।