☰ open Loading... 3 May 2024|  

फोहोर व्यवस्थापन गर्न नगरपालिकालाई ध्यानाकर्षण
यामराज बिष्ट   | ८ बैशाख २०८१, शनिबार ०५:१०

 

दैलेख –पछिल्लो समयमा शहरी क्षेत्रको वृद्वि सँगै वढदै गएको फोहोरमैलाको व्यवस्थापनका गर्न नगरपालिकालाई ध्यानाकर्षण गरिएको छ । फियान् नेपालको समन्वयमा जिल्ला खाद्य अधिकार सञ्जाल दैलेखले नारायण नगरपालिकालाई फोहोरमैला व्यवस्थापनका गर्न माग गर्दै ध्यानाकर्षण गरेको हो ।
फोहोरजन्य पदार्थलाई व्यवस्थित गरी नगरलाई फोहोर रहित बनाउन नगरपालिका लाग्नुपर्ने जिल्ला खाद्य अधिकार संञ्जाल दैलेखका अध्यक्ष यज्ञराज थापाले जानकारी दिए । उनले फोहोर व्यवस्थापनका लागी नगरपालिकाले दिर्घकालिन रुपमा काम गर्नुपर्ने बताए।
फोहोर व्यवस्थापनका लागि सुरुवाती दिन देखि लागेपनि व्यवस्थित बनाउन नसकिएको बताउँदै छिट्टै नै दिगो रुपमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले काम अगाडी बढाएको नारायण नगरपालिका दैलेख उप–प्रमुख तप्ता थापाले बताइन् । उनले फोहोर व्यवस्थापनका लागि नगरपालिका लागि परेको जानकारी दिइन् । उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर नगरपालिकाले काम समेत बताइन्।

यस्तै विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन आग्रह गरिएको छ। नारायणका नगरपालिका भित्र रहेका विद्यालयमा भएका दिवा खाजा प्रभावकारी बनाउन अनुगमन नहुँदा समस्या भएकोले प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन गर्नुपर्ने जिल्ला खाद्य अधिकार संञ्जालका सदस्य भरतराज अधिकारीले बताए ।उनले विद्यालयमा मापदण्डभन्दा बाहिर गएर दिवा खाजा वितरण गर्दा प्रभावकारी भए नभएको निगरानी गर्न समेत उनले आग्रह गरे ।
जिल्ला खाद्य अधिकार सञ्जालले उठाएका माग जाहेज रहेको नारायण नगरपालिकाका शिक्षा शाखाका प्राबिधिक सहायक सुर्यलाल पाण्डेले बताए । उनले मापदण्डभन्दा बाहिर गएर विद्यालयले खाजा वितरण गरेको गुनासो आएकाले नगरपालिकाले अनुगमन गरेर समस्या समधान गर्न पहल गर्ने उनले बताए। ।