☰ open Loading... 1 June 2025|  

भोलिदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
पश्चिम नेपाल   | ५ बैशाख २०८१, बुधबार १५:३७

सरकारले भोलिदेखि देशैभर भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सञ्चालन गर्दैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि र पर्सि गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाउने अभियान सञ्चालन गर्न लागेको बताएको छ।

६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई सरकारले भिटामिन ‘ए’ को क्याप्सुल खुवाउने भएको हो।

बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्यापसुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप पनि लगाउन आग्रह गरेको छ।