☰ open Loading... 23 February 2025|  

जडिबुटी गोदाममा आगलागी
पश्चिम नेपाल   | ६ बैशाख २०८१, बिहीबार १०:२४

बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ।

बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन।

उक्त जडिबुटी गोदाम नेपालगन्जका व्यवसायी राजेश जैनको रहेको बताइएको छ। प्रहरीका अनुसार आगो नियन्त्रण गर्न बाँके र बर्दियाका करिब आठ दमकल ल्याइएको छ।