पश्चिम नेपाल | ६ बैशाख २०८१, बिहीबार १२:३७
पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चिनबाट ड्रिलिङ सर्बेका सामानहरु आएसंगै चौविसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी वल परिचालन गरिएको छ । अन्वेषण स्थल दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा तत्कालका लागि १५ जना सशस्त्र प्रहरी राखिएको हो ।
नेपाल प्रहरी पनि नजिककै रहेको भएपनि परियोजनास्थलमा बस्ने गरि १५ जनासशस्त्र प्रहरी खटाईएको जिल्ला सुरक्षा समितिका अध्यक्ष खिमराज भुसालले बताए । अन्वेषणका सामान र खटिने कर्मचारीको सुरक्षाका लागि सुरक्षा ब्यवस्था मिलाईएको जनाईएको छ ।
स्थानीय कामदारहरु राखेर कामहरु थालिएको छ ।
२०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्बेको काम हुन थालेसंगै उत्साह थलेको छ । काम सुरु भएको ४ देखि ५ महिनाभित्र अन्वेषण सकिने परियोजनाले जनाएको छ ।