☰ open Loading... 18 September 2024|  

‘स्वच्छ खानेपानीको पहुँच आवश्यक’
यामराज बिष्ट   | १७ बैशाख २०८१, सोमबार ०५:५२

दैलेख–डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले हरेक नागरिको स्वच्छ खानेपानी पहुचपर्ने बताएका छन् । डुङ्गेश्वर गाउँपालिका,एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा संञ्चालित जलबायु उन्थानशिल समाबेशि खानेपानी सरसफाई परियोजनाको संयूक्त आयोजनामा घरधुरी स्तरमा पिउने पानी सुद्धिकरण सम्बिन्धी व्यवहार परिवर्तन आभियान शुभारम्भ कार्यक्रममा शुद्ध पिउने पानीको महत्वलाई नागरिकले बुझ्न आवश्यक देखिएको समेत बताएका हुन् ।उनले हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्नका लागि गाँउपालिकाले सक्ने सहयोग पहल गर्ने समेत जानकारी दिए । शुद्ध र स्वच्छ खानेपानीको व्यवस्था गर्न गाँउपालिकाले योजना बनाएर कार्यहरुलाई अगाडी बढाउँदै आएको उनले बताए ।स्वच्छ खानेपानी खान पाउनुपर्ने जनताको नैसर्गिक अधिकार भएकाले खानेपानी शुद्धिकरणमा विशेष ध्यान आग्रह गरे।

कार्यक्रममा फिल्टरमा फिल्टर कसरी सफाई गर्ने बिषयमा प्रयोगात्मक अभ्यास समेत गरिने एभेष्ट क्लब एसएनभी नेपालका कार्यक्रम संयोजक बिमला विशून्केले बताइन्। उनले सबै पानी सफा नहुने भएकाले पानी लाई फिल्टर गरेर पिउन सबै नागरिकलाई आग्रह गर्दै यो अभियान थालिएको उनले जानकारी दिईन्। अधिकांस रोगहरु पानिकै कारण लाग्ने भएकायस सम्बन्धी जानकारी दिइने उनको भनाई छ ।

अभिायान सुभारम्भ कार्यक्रम२०२४डिसेम्बर सम्म संञ्चालन हुने एसएनभी नेपालका अनुसन्धान अधिकुत हेमन पनेरुले जानकारी दिइन् ।उनले डुङ्गेश्वर गाउँपालिकामा तीन दिन सम्म महिला सवस्थ्य स्वंय सेविकालाई पानी शुद्धिकरणी तालिम दिईने अन्य पालिकामा पनि तालिम दिइने बताइन्। तालीममा पानी शुद्धीकरण गर्ने उपाय पानीलाई कसरी उमाल्ने लगायतका बिषममा जानकारी दिइने अनुसन्धान अधिकुत पनेरुले बताईन्।

विद्यालयमा बालमैत्री धारा
यस्तै एभरेष्ट क्लब दैलेखले बालमैत्री धारा निमार्ण गरेको छ ।विद्यालयमा अध्यापनरत विद्यार्थीले सहज पानी पिउन भन्ने उद्देश्यका साथ सो कार्य गरिएको एभेष्ट क्लबका फिल्ड सुपरभाइजर दिलिप कुमार खड्काले बताए । डुङ्गेश्वर गाउँपालिका डुङ्गेश्वर र एभरेष्ट क्लबको साझेदारीमा गाउँपालिका– ६ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा बालमैत्रीपूर्ण खानेपानी धारा निर्माण गरिएको उनले जानकारी दिए।

बालमैत्री धारा बनेपछि बालबालिकालाई पानी पिउन सहज भएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर आले बताए । बालमैत्रि धारा निर्माण प्रती आफु अत्यान्तै खुसि हुनुका साथै आगामी दिनहरुमा संस्था प्रती सहयोगको आशा अपेक्षा गरिएको बताए ।