☰ open Loading... 25 February 2025|  

आगोमा जलेर एकजनाको मृत्यु
पश्चिम नेपाल   | १५ बैशाख २०८१, शनिबार ११:५१

डडेल्धुरामा एकजनाको आगोमा जलेर मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा जलेर मृत्यु भएको हो।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा शुक्रबार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लागेको आगोमा लडेर चुनाराको मृत्यु भएको बताइएको छ।

चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।