☰ open Loading... 18 October 2024|  

इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी
पश्चिम नेपाल   | १८ बैशाख २०८१, मंगलवार ०५:३१

 

इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित गरेका हुन् ।

खड्काले २१९४२ मत प्राप्त गरेका हुन् । तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत प्राप्त गरेका हुन् । रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५०५० मत प्राप्त गरेका हुन् ।