☰ open Loading... 16 May 2024|  

बझाङ (१) को प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित
पश्चिम नेपाल   | १७ बैशाख २०८१, सोमबार १५:०२

बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन्।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमवार दिउँसो सकिएको मतगणनामा उनी ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन्।