☰ open Loading... 16 September 2024|  

शपथग्रहणमा नगएर किन रिसाए सांसद शाह ?
पश्चिम नेपाल   | १८ बैशाख २०८१, मंगलवार १५:४५

मुख्यमन्त्री यामलाल कँडेलले सांसद विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनी रुष्ट बनेका छन् ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका हुन् ।

कर्णाली प्रदेशमा कँडेल र शाहबिच गुटगत राजनीति छ । यस्तै मुख्यमन्त्री कँडेलले शाहकै निर्वाचन क्षेत्रकी सांसद गोमता विकलाई राज्यमन्त्री बनाएका छन् ।