☰ open Loading... 24 February 2025|  

नागरिक समाजको अध्यक्षमाःप्याकुरेल
पश्चिम नेपाल   | २० बैशाख २०८१, बिहीबार १५:१४

दैलेख –नागरिक समाज दैलेखको अध्यक्षमा बालकृष्ण प्याकुरेललाई चयन गरिएको छ । नारायण नगरपालिका वाड नं- ६ घर भएका प्याकुरेललाई अध्यक्षतामा चयन गरिएको हो । लामो समय स्वास्थ्य सेवा अन्तर्गतको करिव बत्तिस बर्षको सरकारी सेवाबाट सेवा नृभित भई बिभिन्न धार्मिक,सामाजिक क्रियाकलापहरूमा अग्रपङ्तिमा रहि काम गर्ने प्याकुरेल जिल्लामा धार्मिक तथा सामाजिक मन भएका अगुवाको रूपमा परिचित छन् ।

नगर बिकास समितिको सभापति हुदै स्थानिय शान्ति समितिको जिम्मेवार प्रतिनिधि भई समाजिक कार्यमा अगुवाको भुमिका निर्वाह गरेको र नागरिक समाजको अगुवाको भुमिकामा रहि नागरिक समाजमा सवालमा थप शशक्त रहन जिल्ला न्यायधिस बालाराम लम्साल ,प्रमुख जिल्ला अधिकारी लगायतको सभागीतमा समितिले एक कार्यक्रम बिच प्याकुरेललाई नागरिक समाजको अध्यक्षमा चयन गरेको हो।
नागरिक समाजको अगुवा चयन भयसगै आफु धार्मिक एवम् सामाजिक कार्यमा लागिरहेको र समाजको अगुवा चयनभयसगै नागरिक समाजमा लागि आफुले गर्नुपर्ने सबै काममा लागिपर्ने अगुवा प्याकुरेलले बताए ।प्याकुरेल आस्थाले भगवानको महिमा गाउने हुनाले उनलाई प्रायले राधे राधे को नामले चिन्ने गर्दछन् ।