☰ open Loading... 19 September 2024|  

श्री एयरलाइन्सले सुर्खेतमा दिउँसो पनि उडान भर्ने
पश्चिम नेपाल   | १९ बैशाख २०८१, बुधबार १२:५६

श्रीएयरले वैशाख २४ गतेबाट दिउँसो पनि उडान भर्ने तालिका तय गरेको छ । विहान एक फलाइट गर्दै आएको श्रीएयरले २४ गते सोमबारबाट दुई फलाइट गर्ने भएको हो ।

काठमाडौंबाट ३ः३० बजे र सुर्खेतबाट ४ः४६ बजे उडान भर्ने समय निर्धारण गरेको छ । टिकटदर पुरानै राखेको छ ।

सुर्खेतमा श्रीएयर आएसंगै काठमाडौ जान र आउने मुल्य ह्वातै घटेको थियो । श्रीएयरले बृद्धको एकाधिकार तोडेसंगै सुर्खेतमा टिकट दर कम भएको थियो । यात्रुहरुले श्री एयरले टिकटदरमा हेरफेर गर्ने विस्वास लिएका छन् ।

बुद्ध एयरले पनि दुई फलाइट गर्दै आएको छ । यति एयरले पनि फलाइट गर्ने गरी तयारी गरिरहेको जनाईएको छ ।