☰ open Loading... 16 September 2024|  

देशभर इन्टरनेट सेवामा समस्या
पश्चिम नेपाल   | २० बैशाख २०८१, बिहीबार २१:३६

देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ।

बिहीबार दिउँसोदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हो।

इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक, सुबिसु,भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहेका छन्।

इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन्।