☰ open Loading... 19 September 2024|  

दैलेखमा घरदैलोमै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
यामराज बिष्ट   | २३ बैशाख २०८१, आईतवार ०५:२६

 

दैलेखः नारायण नगरपालिकाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। नगरपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने उदेश्यले जेष्ठ नागरिक र दीर्घ रोगीसँग‘नगरप्रमुख’कार्यक्रम अघि बढाएको हो ।

नगरपालिकाले स्वास्थ्यकर्मीले सहितको टोली नारायणका प्रत्येक वडामै गई ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिन थालेको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिए।उनले स्वास्थ्य चौकीको पहुँचसम्म आउन नसक्ने जेष्ठ नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले जेष्ठ नागरिक र दिर्घरोगिसँग ‘नगरप्रमुख’ कार्यक्रम अघि बढाइएको बताए । जेष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रम अन्तरगत झण्डै५ हजार जेष्ठ नागरिक तथा अशक्त असहायहरुको उपचार गरिएको स्वास्थ्य प्रमुख खड्काले जानकारी दिए।

‘नगरप्रमुख’ कार्यक्रम मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गरीएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्मा जानकारी दिए । नगरपालिकाले आर्थिक वर्ष २०८९/०८० को नीति तथा कार्यक्रम समावेश गरे अनुुसार जेष्ठ नागरिक र दीर्घ रोगीसँग ‘नगरप्रमुख’ कार्यक्रम संञ्चालनमा गरेको उनको भनाई छ ।

जेष्ठ नागरिक र दीर्घ रोगीसँग‘नगरप्रमुख’ कार्यक्रम बिहीबारदेखि नारायण नगरपालिका–११ बाट सुरु गरिएको उनले भने । नारायणका–१०,४,५,२,३,७,८, वडाका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको यो कार्यक्रमले प्रभावकारी भएनभएको सुझाब समेत संकलन गरिएको उनको भनाई छ । कुनै पनि जेष्ठ नागरिकहरु उपचारबाट बञ्चित नहुन भन्ने उदेश्यले यो अभियान संञ्चालन गरिएको नगरप्रमुख शर्माले बताए। नागरिकको स्वास्थ्य नै मुल धन रहेको महसुस गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रको विकासलाई विशेष जोड दिएको उनको भनाई छ ।

नगरपालिकाले जेष्ठ नागरिक र दीर्घ रोगीसँग ‘नगरप्रमुख’ कार्यक्रम नारायण नगरपालिकाका ११वटै वडाका विभिन्न टोल वस्तिहरूमा संञ्चालन हुँदै आएको जनाइएको छ । कार्यक्रम मार्फत सरकारबाट पाइने सामाजिक सुरक्षा भत्ता पाउन बञ्चित नागरिकका समस्यालाई समेत सहजीकरण समेत गरिएको छ ।

नगरपालिकाले स्वास्थ्यकर्मीसहित प्रत्येक घरघरमा पुगेर ज्येष्ठ नागरिकहरुको सुगर, प्रेसर लगायत स्वास्थ्य परिक्षण गर्दै उनीहरुलाई आवश्यक परामर्शसहित निःशुल्क औषधी वितरण गर्दै आएको छ। आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै बुझन र चेकजाँच गर्न स्वास्थ्यकर्मी आएपछि जेष्ठ नागरिकलाई सहज भएको स्थानीयको भनाई छ ।