☰ open Loading... 25 February 2025|  

भारतमा हुने निर्वाचनका कारण रेल सेवा तीन दिन बन्द हुने
पश्चिम नेपाल   | २२ बैशाख २०८१, शनिबार २०:५२

भारतमा हुने निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिनसम्म बन्द गरिने भएको छ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ।

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ।