☰ open Loading... 19 September 2024|  

ढिस्कोले पुरिएर १ जनाको मृत्यु
पश्चिम नेपाल   | २२ बैशाख २०८१, शनिबार २०:५८

गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका–१४ कि ५५ वर्षकी बिष्णु रानाको मृत्यु भएको र सोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।

शनिबार दिउँसो पराल्मीस्थित चौराहामा घर लिप्नका लागि ६ जना गएका थिए । माटो खनिरहेका बेला अचानक ढिस्को खस्दा विष्णु र हुमकला पुरिएका थिए ।

उनीहरुको उद्दार गरेर उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । घाइतेमध्ये विष्णु रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।