☰ open Loading... 20 September 2024|  

खानी उत्खननले दीर्घकालीन फाईदा हुने– मन्त्री भण्डारी
यामराज बिष्ट   | २४ बैशाख २०८१, सोमबार ०५:१३

दैलेख –उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खानी उत्खननले मुलुकलाई दीर्घकालीन फाईदा हुने बताएका छन् ।नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौता बमोजिम नेपालको खानी तथा भूगर्भ विभाग र चीनको चाइना जियोलोजिकल सर्वे तथा बिु ड्रिलिङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबाट हुन गइरहेको अन्वेषणात्मक ड्रिलिङ कार्यको समुद्घाटन गर्दै उनले पेट्रोलियम पदार्थ उत्खननले मुलकमा लाभ हुने बताएका हुन् ।
पेट्रोलियम पदार्थ उत्खननले राष्ट्रले समृद्धिको रेखा कोर्ने बताए ।समृद्ध नेपालको दीर्घकालीन फाईदा लागी खानीहरुको उत्खनन् गर्दा मुलुकलाई लाभ हुने समेत बताए।उनले तेल र ग्यासको खोज तथा निकासीले नेपालको सामाजिक–आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने भएकाले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने समेत बताएका छन्।

नेपाल र चीनबीचको साझेदारीले मित्रता र सहकार्यको भावनालाई उजागर गर्दै पारस्पारिक समृद्धि लागि हाम्रो साझा प्रतिबद्धतालाई प्रमाणित गर्नेछ भन्ने विश्वास मैले लिएको छु,’– उनले भने ।
उनले पेट्रोलियम पदार्थ अन्वेषणले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए ।
नेपालका प्राकृतिक स्रोत र साधनमा आधारित उद्योगको प्रवद्र्धन गर्न सरकार अग्रसर रहेको बताए ।उनले देशलाई समृद्धिको मार्गमा ल्याउन सरकारले यस्ता खाले काम निन्तरता दिएको समेत उनको भनाई छ ।