☰ open Loading... 20 September 2024|  

दैलेख जलवायुको बढी जोखिममा
यामराज बिष्ट   | २४ बैशाख २०८१, सोमबार ०५:२३

दैलेख ःनागरिक समाजले जलवायु परिवर्तनले दैलेख पारिरहेको असरप्रति चिन्ता व्यक्त गरेका छन्।खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्रका सरोकारवालासँग संस्थाले दैलेखमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्लाको आठविस नगरपालिका र दुल्लु नगरपालिका जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले त्यो असर कसरी घटाउन सकिन्छ भनेर जोड दिएका छन्।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाको दुई वटा स्थानीय तह जलवायु परिवर्तनको उच्च जोखिममा रहेका पाइएको छ । एक वर्षको अवधिमा गरेको अनुसन्धानले जिल्लनका दुई वटा स्थानीय तह जलवायु परिवर्तनको उच्च जोखिममा रहेको अनुन्भसन्ता कर्ता सन्तोष नेपालले जानकारी दिए ।उनले  एक वर्षको अवधिमा गरेको अध्ययनले दैलेखमा संस्थागत सहयोग  धेरै ठाउँमा नपुगेको पाइएको गुनासो गरे ।  संस्थाले गरेको अध्ययनले यहाँका अन्य स्थानीय तह मध्ये महाबु गाउँपालिका प्रकोपका हिसाबले उच्च जोखिममा रहेको देखिन्छ । जलवायु परिवर्तनका कारण खानेपानी लगायतका क्षेत्रमा परेको प्रभावलाई कम गर्नु सबैको भुमिका महत्वपुर्ण हुन पर्ने बताए ।

अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था र एभरेस्ट क्लब दैलेखको साझेदारीमा दैलेखमा एक वर्षको अवधिमा जलवायु परिवर्तनका कारण खानेपानी, स्वच्छता तथा सरसफाइ क्षेत्र परेको प्रभावका वारेका अध्ययन गरिएको उनले बताए ।

एभरेष्ट क्लब दैलेखका कार्यकारी निर्देशक दिपक शाहीले दैलेख जिल्लामा  थुप्रै काम गरेको बताए ।उनले जिल्लामा वन डढेलोको प्रभाव पारेको जानकारी दिए।नेपालमा पछिल्लो वर्षहरूमा बढ्दै गएको जलवायु परिवर्तनको असरले नागरिक स्तरमा प्रभाव पार्दै गएकाले यसको जोखिम कम गर्न परियोजनाले काम गर्ने बताए । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले थालेको अभियानमा सबैले हातेमालो गर्नुपर्ने उनको भनाई छ । उनका अनुसार गाउँमा १३ प्रतिशत मात्र सुरक्षित पिउने पानीको पहुँचमा रहेका छन् ।

नेपालमा खानेपानी स्वच्छता तथा सरसफाइमा समावेशिता जरुरी रहेकाले परियोजनाले सयतर्फ विशेष ध्यान दिएर काम गर्ने जनाइएको छ । नेपालमा खानेपानी स्वच्छता तथा सरसफाइ सम्बन्धी काममा महिलाको भूमिका बढी हुने रहेकाले समावेशीताका विषयमा काम गर्ने संस्थाको उद्देश्य रहेको जनाइएको छ ।
जलवायु परिवर्तनले खानेपानीको क्षेत्रमा प्रभाव पार्दै गएकाले सरोकारवाला निकायले जलवायु उत्थानशील र समावेशी खानेपानी प्रणाली बनाउन पहलसँगै लगानी बढाउन जरुरत रहेको अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानले जनाएको छ ।जलवायु परिवर्तनका कारण कृषि उत्पादकत्वमा ह्रास, सडक पूर्वाधारमा क्षति र सुक्खा याममा ऊर्जा आयातमा उच्च वृद्धि हुँदा नेपाली अर्थतन्त्र प्रभावित भएको प्रतिवेदनले औंल्याएको छ।