☰ open Loading... 29 September 2025|  

खडेरीले सुक्न थाले मकै
पश्चिम नेपाल   | २४ बैशाख २०८१, सोमबार ११:२४

लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्। घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ।

कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए। झापामा महिनौंदेखि वर्षा भएको छैन। ‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन’, उनले भने, ‘तर, ‘सिँचाइ सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ। उत्पादनमा ठूलो असर पुर्‍याउने सम्भावना छ।’

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन। सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मत–सम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन्।