☰ open Loading... 19 September 2024|  

सुनको मूल्य फेरि बढ्यो
पश्चिम नेपाल   | २४ बैशाख २०८१, सोमबार ११:२९

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २०० सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै,आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको छ। हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ रहेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो। यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँमा कारोबार भैइरहेको छ। हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।