☰ open Loading... 19 September 2024|  

यी प्रदेशमा आज भारी वर्षा
पश्चिम नेपाल   | २५ बैशाख २०८१, मंगलवार ०७:२१

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताएको छ।

महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानहरूमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहेको छ।

महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भन्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत संभावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।