☰ open Loading... 24 February 2025|  

कलंकीबाट एक साताअघि बेपत्ता युवती पशुपतिमा फेला
पश्चिम नेपाल   | २७ बैशाख २०८१, बिहीबार ०५:१३

काठमाडौंको कलंकीबाट एकसाताअघि बेपत्ता भएकी युवती पशुपतिनाथमा फेला परेकी छन्।चितवन कालिका नगरपालिका ६ टाँडी घर भइ हाल कलंकीस्थित हजुरआमासँग बसेर पढ्दै आएकी २२ वर्षीया स्नेहा लामिछाने वैशाख १९ गतेदेखि बेपत्ता भएकी थिइन्।

उनी बुधबार साँझ पशुपतिनाथको आरतीमा फेला परेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।उनी सानेपास्थित सगरमाथा इञ्जिनियरिङ कलेजमा अध्ययनरत् थिइन्। आफन्तले उनको खोजिका लागि जिल्ला प्रहरी परिसर काठमाठडौंमा निवेदन दिएका थिए।स्नाहाको मोबाइल १९ गतेदेखि नै स्वीच अफ थियो।