☰ open Loading... 19 October 2024|  

नारायण महाबु जोड्ने मोटरेबल पुल निर्माण सुरु
यामराज बिष्ट   | २८ बैशाख २०८१, शुक्रबार ०९:११

दैलेख–नारायण नगरपालिका र महाँबु गाँउपालिका जोड्ने मोटरेबल पुल निर्माण थालिएको छ। नारायण नगरपालिका–२ र महाँबु गाँउपालिका– २को जोड्न मोटरेबल पुल निर्माण थालिएको हो ।
आगामी२बर्ष भित्र उक्त पुल निर्माण पूरा गर्ने लक्ष्य रहेको महाुब गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत उदयराज उपाध्यायले जानकारी दिए । ताराघाट खोलामा मोटरेबल पुल निर्माणसँगै जनतालाई आवतजावतमा सहज हुने समेत उनले विश्वास व्यक्त गरे।
प्रदेश सरकार लगानीमा ताराघाट खोलामा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको महाबु गाउँपालिका वडा नं२का वडाध्यक्ष प्रकाश राज थापाले जानकारी दिए। मोटरेबल पक्की पुल निर्माण भएपछि यस क्षेत्रका उपभोक्तालाई सहजरुपमा सामान र मानिस सवारीसाधनबाट वारपार गर्न सहज हुने भएकाले मोटरेबल पुलको निर्माण कार्य सुरु गरिएको उनले जानकारी दिए ।पुल निर्माणपछि यहाँका स्थानीयले दैलेख सदरमुकामबाट सामान ढुवानी र मानिस आवतजावतमा सहज हुने वडाअध्यक्ष थापाको भनाई छ ।

करोड६२ लाख ७६हजार ४सय ६३रुपैयाँमा ठेक्का सम्झौता भएको पूर्वधार बिकास कार्यालय दैलेख ईन्जिनियर पारस डांगीले बताए । पुल निर्माण भएपछि बर्षायामको समयमा पनि सवारीसाधन चल्ने भएकाले हिँड्नुपर्ने बाध्यता हट्ने उनको भनाई छ।