☰ open Loading... 19 September 2024|  

उत्कृष्ट विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार
यामराज बिष्ट   | १ जेष्ठ २०८१, मंगलवार ०५:०८

 

 

दैलेख । नारायण नगरपालिका–७ मा रहेको बसन्त माध्यामिक विद्यालय किमुगाउँमा अध्यनरतउत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार बितरण गरिएको हो ।

शैक्षिक सत्र २०८०मा परिक्षामा उत्कृष्ट स्थान प्राप्त गर्ने कक्षा एक देखी दश सम्मका दश जना विद्यार्थीलाई तपेन्द्र रावल स्मृति छात्रबृति पुरस्कार प्रदान गरिएको हो ।

प्रति बिद्यार्थी२ हजार५सय नगद प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले जानकारी दिए । विद्यार्थीको पारिवारिक अवस्था, पठनपाठन र जेहेन्दार लगायतका विशेषता हेरेर उनीहरुलाई पुरस्कारका लागि छनोट गरिएको उनले बताए ।

यस्ता पुरस्कारले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हौसला मिल्नुका साथै पढाईप्रति लगाब बढाउन सहयोग पुग्ने कालिदत्त गुल्म दैलेखका गुल्मपति दिपेन्द्र खड्काले विश्वास व्यक्त गरे । उनले सामाजिक क्षेत्रमा स्वर्गीय रावलले गरेका योगदान अविस्मरणीय रहेको समेत बताए ।

नारायण नगरपालिका–८ सिमाडा घर भई नेपाली सेनाका तत्कालिन मेजर स्वर्गीय तपेन्द्रबहादुर रावलले अध्ययन गरेको बसन्त मावि किमुगाउँमा अध्ययनरत जेहेन्दार १० जना विद्यार्थीलाई जनही पाँच हजारका दरले छात्रबृति उपलब्ध गराउन परिवारजनले तपेन्द्र रावल स्मृति कोष स्थापना गरेका थिए ।

२०५७ मा एसएलसी परीक्षामा सर्वोत्तकृष्ट हासिल गरेका मेजर रावल २०७२ वैशाख १२ को विनासकारी भुकम्पमा घाइतेहरुको उद्धारका लागि गएको हेलिकप्टर दोलखा जिल्लाको सुनाखानीमा दुर्घटना हुँदानिधन भएको थियो ।