☰ open Loading... 19 October 2024|  

८ केजी बढी सुकुटी बरामद, सुकुटी ल्याउने फरार भएपछि आंशका
पश्चिम नेपाल   | २८ बैशाख २०८१, शुक्रबार १५:०८

गोप्य सुचनाको आधारमा बांगेसिमल प्रहरी पोष्टबाट गस्तिमा खटिएका प्रहरीले सुकुटी ८ किलो ४२ ग्राम सुकुटी बरामद गरेका छन् । सुकुटी ल्याएर आउनेहरु फरार भएपछि सुकुटी बरामद गरेको प्रहरीले जनाएको छ ।

विहिवार राती ९ बजेतिर प्रहरीले वीरेन्द्रनगर नगरपालिका –२ फलाटे सुकुटी बरामद गरेको थियो । प्रहरीले सुकुटी ल्याउने ब्यक्ती पक्राउ गर्न नसकेपछि मिलोमत्तो भएको आंशका गरिएको छ ।
सुकुटी बरामदपछि जिल्ला प्रहरीमा ल्याएर शुक्रवार डिभिजन वन कार्यालयमा आवश्यक कार्वाहीका लागि बुझाईएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) रुपेश खड्काले बताए ।

डिभिजन वन कार्यालयले सुकुटी ल्यावमा पठाएपछि नष्ट गर्ने कार्य हुने वन कर्मचारीहरु बताउँछन् ।