☰ open Loading... 19 October 2024|  

कर्णाली करिडोरमा जिप दुर्घटना १२ जना घाइते
पश्चिम नेपाल   | २८ बैशाख २०८१, शुक्रबार १५:२०

कर्णाली करिडोर अन्तर्गत पचाझरना–८ सिजाबगरमा गए राति जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

सान्नीत्रिवेणी–३ मानेगडाबाट पलाँता गाउँपालिकाको घाटचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको जिप बिहीबार राति १० बजे दुर्घटना हुँदा पताँलाका स्थानीय घाइते भएका हुन्।

घाइतेमध्ये सिकिस्त ६ जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरेको छ,भने अन्यको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

जिप सडकबाट ५० मिटर तल भीरमा अडकिएको प्रहरीले जनाएको छ।