☰ open Loading... 19 October 2024|  

जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध मुद्दा दायर
पश्चिम नेपाल   | २८ बैशाख २०८१, शुक्रबार १५:४२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएपछि गत वैशाख ५ गते रंगेहात पक्राउ परेमा थिए ।

उनले सेवाग्राहीसँग एक लाख बिस हजार रुपैयाँ घुस लिएको पुष्टि भएको सोही रकम बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदावीसहित मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।