☰ open Loading... 18 October 2024|  

अटो दुर्घटना, एक जनाको मृत्यु
पश्चिम नेपाल   | २९ बैशाख २०८१, शनिबार १५:४५

दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका ३ साततले खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ३ बस्ने अन्दाजी २७ वर्षीय जीवन घर्ती रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । अटोमा अन्य यात्रु सवार नरहेको प्रहरीको भनाई छ ।

अटो सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो ।