☰ open Loading... 18 October 2024|  

दुई महिलाको हत्या
पश्चिम नेपाल   | २९ बैशाख २०८१, शनिबार २२:०५

दाङको घोराहीमा सुर्खेत र रुकुमकी महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको शनिवार हत्या भएको हो ।

सुर्खेत घरभई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी करिब ४४ बर्षीया संगीता सुनार र रुकुम घरभई सोहि ठाउँ बस्दै आएकी करिब ५० बर्षीया जुतली बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या पाएको खवर प्राप्त गरेपछि प्रहरी घट्नास्थलमा पुगेर घट्नाबारेमा बुझ्ने काम भइरहेको बताए ।

उनका अनुसार प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । घट्ना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।