☰ open Loading... 16 September 2024|  

आईपीएलमा आज : प्लेअफमा पुगिसकेको कोलकातालाई गुजरातको चुनौती
पश्चिम नेपाल   | ३१ बैशाख २०८१, सोमबार ०९:५३

इन्डियन प्रिमियर लिग (आईपीएल) को ६३औं खेलमा आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् । आज गुजरात र कोलकाताको सिजनको १३औं खेल हुनेछ ।

कोलकाताले १२ मध्ये ९ जित र ३ खेलमा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा छ । कोलकाता यस सिजनको प्लेअफमा पुग्ने पहिलो टोली हो। अर्कोतर्फ १२ खेलमध्ये ५ जित र ७ हारेको गुजरात १० अङ्कसहित ८ नम्बरमा छ ।

दुवै टोली चौथो पटक आमनेसामने हुँदै
आईपीएलमा चौथो पटक टाइटन्स र नाइट राइडर्स भिड्दैछन् । यी दुईबिच अहिलेसम्म ३ खेल भइसकेका छन् । २ मा गुजरात र १ मा कोलकाता विजयी भएको थियो । नरेन्द्र मोदी स्टेडियममा यसअघि दुवै टोली एकपटक भिडेका थिए, उक्त खेलमा कोलकाता ३ विकेटले विजयी भएको थियो।

साई सुदर्शनको रन वर्षा
पहिलो दुई सिजनमा प्लेअफमा पुग्ने गुजरात टोलीको प्रदर्शन यस सिजनमा राम्रो हुन सकेन। साई सुदर्शन र कप्तान शुभमन गिलबाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् ।

टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १२ खेलमा ५२७ रन छन् । बलिङमा मोहित शर्मा शीर्ष स्थानमा छन् । उनले १३ विकेट लिएका छन् ।

कोलकाताका लागि नरेनको सर्वाधिक रन
कोलकाताको उत्कृष्ट लय यस सिजन जारी छ । टोलीका ब्याट्सम्यान पनि उत्कृष्ट लयमा छन् । टोलीका लागि सुनिल नरेन र फिलिप साल्टले ४ सयभन्दा बढी रन बनाएका छन् । जहाँ कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले दुई सयभन्दा बढी रन बनाएका छन् ।

नरेन ४६१ रन बनाएर टिमका सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । वरुण चक्रवर्ती १२ खेलमा १८ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी हुन् ।