☰ open Loading... 7 September 2024|  

उपसचिवविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता
पश्चिम नेपाल   | ३१ बैशाख २०८१, सोमबार ०९:५५

मधेस प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहविरुद्ध बलात्कार गरेको आरोप लागेको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको हो । साहविरुद्ध जाहेरी दर्ता भएको धनुषाका एसपी भुवनेश्वर तिवारीले रातोपाटीलाई बताए ।

उनका अनुसार एक महिलाले साहविरुद्ध बलात्कार कसुरको जाहेरी दिएकी हुन् । आफूलाई नशालु पदार्थ खुवाएर साहले बलात्कार गरेको पीडित महिलाको आरोप छ । उपसचिव साह फरार छन् ।