☰ open Loading... 16 September 2024|  

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कार्की
पश्चिम नेपाल   | १ जेष्ठ २०८१, मंगलवार ०५:१३

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ ।प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

यसअघिका प्रहरी डीआईजी भीमप्रसाद ढकाल एआईजीमा बढुवा भएर मानव स्रोत विभागमा बढुवा भएपछि कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो ।