☰ open Loading... 7 September 2024|  

एम्बुलेन्स दुर्घटना हुँदा युवतीको मृत्यु
पश्चिम नेपाल   | १ जेष्ठ २०८१, मंगलवार १०:५९

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियार रहेको कैलाली प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी पदम बिष्टका अनुसार उनी भारतमा उपचार गरेर घर फर्किरहेकी थिइन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा आज बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियाे। सडकमा अनियंत्रित भएर एम्बुलेन्स पल्टिएको बताइएको छ।

भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी अञ्जली दुर्घटनामा परेर गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा अञ्जलीकाे लालरत्न अस्पतालमा मृत्यु भएकाे हाे।

एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल रहेको बताइएको छ। एम्बुलेन्स चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिइसकेको जनाएको छ।