☰ open Loading... 16 September 2024|  

बबईमा नदीमा डुबेर दाजुभाइको मृत्यु
पश्चिम नेपाल   | २ जेष्ठ २०८१, बुधबार ०९:२६

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ। बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो। मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए।