☰ open Loading... 19 September 2024|  

मिनी ट्रक दुर्घटना, दुईजना घाइते
पश्चिम नेपाल   | ३ जेष्ठ २०८१, बिहीबार १३:५५

जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, जियाखोलानजिक भएको मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बिहीबार बिहान करिब साढे सात बजेतिर भएको उक्त दुर्घटनामा कर्णाली प्रदेश ०२००१ ख ०२८७ नम्बरको मिनी ट्रकका चालक र सहचालक दुवै जना घाइते भएका हुन्।

गाडी चालक सुर्खेतका २७ वर्षीय लक्ष्मीप्रसाद जैसीको अवस्था सामान्य छ। सहचालक सुर्खेत अलाचौर बस्ने १७ वर्षीय विष्णु अधिकारीको अवस्था भने गम्भीर रहेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशबहादुर चन्दले बताए।

चन्दका अनुसार बिहान मिनी ट्रक सुर्खेतदेखि खाद्यान्न बोकेर मुगुतर्फ जाने क्रममा अनियन्त्रित भई नाम्म गमगढी सडक खण्ड अन्तर्गत जुम्लाको कनका सुन्दरी गाउँपालिका-२ जियाखोलानजिकै सडकबाट तीन सय मिटर तल खसेको हो।

घाइतहरुको जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।