☰ open Loading... 19 September 2024|  

कर्णाली प्रदेश सभाको चौथो अधिवेशन आह्वान
पश्चिम नेपाल   | ३ जेष्ठ २०८१, बिहीबार १४:०५

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशन आह्वान गरिएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ ११ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।