☰ open Loading... 19 September 2024|  

बस दुर्घटना हुँदा १३ जना घाइते, चालक गम्भीर
पश्चिम नेपाल   | ३ जेष्ठ २०८१, बिहीबार २०:५४

गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बिहीबार पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस बेलुका करिब ५ बजेको समयमा रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडक खण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा घाइते भएका १३ मध्य एक जनाको अवस्था गम्भीर रहेको छ। बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको थियो।

दुर्घटनामा बस चालक स्याङ्जा वालिङ नगरपालिका-५ बस्ने २८ वर्षीय मनोज बस्याल गम्भीर घाइते भएका हुन। उनको बायाँ खुट्टा र शरीरमा भित्री चोट लागेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ।