☰ open Loading... 19 September 2024|  

जबरजस्ती करणीका मुद्दा बढ्दै
पश्चिम नेपाल   | ४ जेष्ठ २०८१, शुक्रबार ०५:१९

कर्णाली प्रदेशमा जबरजस्ती करणीका मुद्दा धेरै भएको पाइएको छ । उच्च अदालत सुर्खेतको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०।८१ मा पुनरावेदन तहमा एक सय ६४ मुद्दा जबरजस्ती करणीमा मात्र दर्ता भएका छन् ।

त्यस्तै, कर्तव्य ज्यान, सवारी ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत एक सय १३, लागुऔषध सम्बन्धी ५१, बाल तथा बहुविवाहका ४७ र सम्बन्ध विच्छेदका १६ मुद्दा पुनरावेदन तहमा दर्ता भएको उच्च अदालत सुर्खेतका वरिष्ठत न्यायधीश कृष्णलाल भट्टराईले जानकारी दिए।

उनका अनुसार गतवर्ष सरी आएका एक सय ६० र नयाँ दर्ता भएका छ सय ८९ गरी कूल मुद्दा सख्या आठ सय ४९ रहेकोमा पाँच सय १८ फर्छ्यौट भएका छन् । तीन सय ३१ मुद्दा फर्छ्यौट गर्न बाँकी छन् । त्यस्तै, कैफियत प्रतिवेदनतर्फ ७६ मुद्दामा ६९ फर्छ्यौट भएको न्यायधीश भट्टराईले बताए । रिट निवेदनतर्फ ८५ मुद्दामा ५२ फर्छ्यौट र ३३ बाँकी रहेकाछन् । समग्रमा वैशाख ३० गतेसम्म ७९ प्रतिशत मुद्दा फर्छ्यौट भएको अदालतले जनाइएको छ ।