☰ open Loading... 19 September 2024|  

दैलेखका २वटा स्वास्थ्य चौकी किशोरकिशोरीमैत्री प्रमाणीकरण
यामराज बिष्ट   | ५ जेष्ठ २०८१, शनिबार ०५:५८



दैलेख- दैलेखका२ वटा स्वास्थ्यचौकी किशोरकिशोरीमैत्री स्वास्थ्य चौकी प्रमाणीकरण भएको छ । किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि बेलासपुर स्वास्थ्य चौकी र त्रिबेणी स्वास्थ्य चौकीलाई शुक्रबार एक कार्यक्रमकाबीच किशोरकिशोरीमैत्री प्रमाणीकरण गरिएको हो ।

किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले २ वटा स्वास्थ्यचैकीलाई किशोरकिशोरीमैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र प्रदान गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लाल बहादुर खड्काले बताए । किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका ८ वटा मापदण्ड  कम्तीमा ८० प्रतिशत सूचक पूरा गरेको हुनुपर्ने उनले जानकारी दिए ।
नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखले किशारकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणिकरणका लागि नारायण नगरपालिका अन्तगर्तका २ वटा स्वास्थ्य संस्थाहरुलाई छनौट गरेको थियो जस अनुसार किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ अनुसारको मापदण्ड पुरा गरेका  दुई वटा स्वास्थ्य संस्था बेलासपुर स्वास्थ्य चौकी र त्रिबेणी स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख खड्को भनाई छ ।


यस कार्यक्रमबाट किशोरकिशोरीहरु निर्धक रुपमा गोपनीयताका साथ छुट्टै कक्षबाट किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लिनेमा विश्वस्त रहेको नारायण नगरपालिका उपप्रमुख तप्ता कुमारी थापाले जानकारी दिईन् । जसमा बेलासपुर स्वास्थ्य चौकीले ९३.३३ प्रतिशत र त्रिबेणी स्वास्थ्य चौकीले ९५.५ प्रतिशत सूचक पूरा गरेकाले किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको उनले बताइन् ।


यस्तै नारायण नगरपालिका नगर प्रमुख लोमन शर्माले दुईवटै स्वास्थ्य संस्था बेलासपुर स्वास्थ्य चौकी र त्रिबेणि स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बनाउन सहयोग गर्नुहुने स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति, स्वास्थ्य संस्था ईन्चार्ज, दक्ष स्वास्थ्य कर्मी लगायत किशोरकिशोरी मैत्री कक्ष निमार्णका लागि प्राविधिक तथा सामग्री सहयोग गर्ने सेभ द चिल्डेन, एभरेष्ट क्लव पावर परियोजनालाई धन्यबाद व्यक्त गर्नु गरे । उनले किशोरकिशोरी मत्री स्वास्थ्य संस्था प्रमाणिकरण गर्ने कार्य कर्णाली प्रदेशमै नयाँ भएकाले यसको प्रभावकारी कार्यन्वयनमा जोड दिन अनुरोध गर्दै आगामी दिनमा किशोरकिशोरी लक्षित कार्यक्रम समुदाय स्तरमा प्राथामिकताका साथ संचालन गर्ने जानकारी दिए ।


कार्यक्रममा नारायण नरपालिका वडा नं- ३ का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर नेपाली को अध्यक्षता, वडा नं- ५ का वडा अध्यक्ष ऐमानसिंह थापा ,नारायण नगरपालिकाका कार्यपालिका सदस्य, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका कर्मचारी, एभरेष्ट क्लव पावर परियोजनाका प्रतिनिधि, बिद्यालय शिक्षक, बिद्यालयका नर्स, महिला स्वास्थ्य स्वयंमसेविका लगायत किशोरकिशोरीहरुको सहभागीता रहेको थियो ।