☰ open Loading... 16 September 2024|  

पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु
पश्चिम नेपाल   | ४ जेष्ठ २०८१, शुक्रबार २२:१७

पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ विरौटाका १६ वर्षीय मनिष भन्ने मेष तामाङको मुगेस्थित चेपेखोलामा बिहीबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएकको टोलीले प्रारम्भिक अनुसन्धान सकेर शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने क्रममा रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा भेटिएका १९ वर्षीय समिर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । झापा जिल्ला कमला गाउँपालिका–५ पाडाजुंगे स्थायी घर भई पालुङटार नगरपालिका–१ खोप्लाङ बस्दै आएका श्रेष्ठ बिहीबार दरौदी नदीमा डुबेर अचेत अवस्थामा भेटिएका थिए । उनको उपचारको क्रममा गोरखा अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

अचेत अवस्थामा भेटिएका श्रेष्ठलाई स्थानीयको सहयोगमा छेवेटार मेमोरियल अस्पताल पुर्‍याइएको थियो । थप उपचारका लागि गोरखा अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोस्टमार्टमपश्चात् आफन्तलाई शवको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।