☰ open Loading... 19 September 2024|  

अफगानिस्तानको अर्को क्षेत्रमा पनि बाढी, कम्तीमा ५० जनाको मृत्यु
पश्चिम नेपाल   | ६ जेष्ठ २०८१, आईतवार १२:३९

अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्।

भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको अधिकारीहरूको भनाई छ । बाढीका कारण हजारौँ जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको अधिकारीहरूले जानकारी दिए ।

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो । अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसङ्ख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।