☰ open Loading... 16 September 2024|  

मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
पश्चिम नेपाल   | ७ जेष्ठ २०८१, सोमबार १४:३०


दैलेख -दुल्लू नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ । वीरेन्द्रनगरको कटकुवा जंगल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको थप बिरवरण आउन बाँकी छ ।

प्रारम्भिक जानकारी अनुसार दुई जनाको ज्यान गएको र दुर्घटनास्थलमा प्रहरी, सडक मजदूर र स्थानीयले उद्धार गरिरहेको बताइएको छ । करिब पौने २ बजेतिर दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेका थिए ।