पश्चिम नेपाल | ७ जेष्ठ २०८१, सोमबार १४:३४
सुर्खेतको वीरेन्द्रनगर -१४ स्थित कटकुवा क्षेत्रमा बस दुर्घटनामा परेको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनि बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बस दैलेखको दुल्लू नगरपालिकादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको थियो ।
१९ जना घाइते भएका छन् । १७ जना कर्णाली केयर हस्पिटल, २जना प्रदेश अस्पतालमा उपचार भएको सुर्खेतका प्रहरी प्रमुख रुपेश खड्काले बताए ।