☰ open Loading... 16 September 2024|  

शपथ बहिष्कार गरेका शाह त्यही मन्त्रीको सपथ खाए
पश्चिम नेपाल   | ९ जेष्ठ २०८१, बुधबार १६:०३

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले यसअघि शपथ बहिष्कार गरेका नेकपा एमाले सांसद विनोदकुमार शाहलाई मन्त्री बनाएका छन् ।

कँडेलले शाहलाई पुनः भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् ।

शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।

प्रदेशमा कँडेल र शाहबिच गुटको राजनीति छ । शाह शपथ बहिष्कार गरेर केन्द्रका नेतासँग छलफल गर्न काठमाडौँ गएका थिए । तर, पार्टी केन्द्रले कुनै निर्देशन नदिएपछि मुख्यमन्त्री कँडेलले शाहको नाम मन्त्रीको लिस्टबाट हटाएर उक्त मन्त्रालय आफैसँग राखेका थिए । ।