☰ open Loading... 7 September 2024|  

बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
पश्चिम नेपाल   | १० जेष्ठ २०८१, बिहीबार ०९:१८

२५६८औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।